‘महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो’


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन्।

शनिबार काठमाडौँमा नेपाल मधुमेही समाज र काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा रोग लाग्नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको उनको भनाइ थियो।

देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको डंगोलले बताइन्। उनले भनिन्, ‘हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन। जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन।’

डंगोलले धेरै जनप्रतिनिधि प्रेसर र मधुमेहको रोगी रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूको जीवनशैलीसँग जोडेर स्वास्थ्य केन्द्रित तालिमहरू दिन सके त्यसले धेरै फाइदा पुग्ने बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस