अब आइएमई पे ल्यायो १४ रुपैयाँमा आइफोन १४ जित्न सकिने अफर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अब आइएमई पे ल्यायो १४ रुपैयाँमा आइफोन १४ जित्न सकिने अफर 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ ।  ‘आइएमई पे’ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।  ‘रु.  १४  मा  आइफोन  १४’ नामक सो अफर यही जेठ १८ देखी असार ३० सम्म डेढ महिना सम्म चल्ने छ। 

सो अफरमा ग्राहकले आइएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु. १४ तिरेर खेल्न पाउने छन्।  

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पेमा फिर्ता हुनेछ।  

Tags :
प्रतिक्रिया दिनुहोस