२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित 

अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ आज (मङ्गलवार) पनि स्थगित भएको छ । उनको मुद्दाको फैसलाका लागि पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शङ्करबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।

किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले सुनुवाइ स्थगित गरेका हुन् । यसअघि पनि पटक–पटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । अब अर्को पेसी कहिले तोक्ने भन्नेबारे आजै टुङ्गो लगाउने तयारी गरिएको छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ । अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्ने गरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् । दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ ।

दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बाबे प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार ९ गतेसम्म खेल्ने तालिका बनिसकेको छ । जिम्बाबेमा नेपालले सुरुमा दुई अभ्यास खेल खेल्ने छ । युएई र ओमानसँग यसै महिना दुई अभ्यास खेलपछि नेपालको विश्वकप छनोट चरण सुरु हुनेछ ।

विश्वकप छनोटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स छन् । विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ । असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ। समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ । तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाइ लम्बिने छ । यसैले सन्दीपको क्रिकेट खेललाई असर नपर्ने गरी अर्को पेसी तोक्न निवेदन दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस