रेशमसहित १८ ‘राजबन्दी’लाई आममाफी दिने निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रेशमसहित १८ ‘राजबन्दी’लाई आममाफी दिने निर्णय


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो ।

परिवारका सदस्य समेत बसेर निर्णय गर्न नमिल्ने कानुनी व्यवस्था छ । सोही कारण रेशमपत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ चौधरीलाई मन्त्रिपरिषद् बैठकमा सहभागी नगराई यो निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले थारु, मधेसलगायत आन्दोलनका १८ जनालाई राजबन्दीका रूपमा आममाफी दिने निर्णय गरेको हो ।

कानुनी रूपमा स्वार्थ बाझिने व्यक्तिलाई निर्णय प्रक्रियामा सामेल गराउन नमिल्ने भएकाले उनलाई बैठकमा नराखिएको ती मन्त्रीले जानकारी दिए ।

राजनीतिक आन्दोलनका क्रममा मुद्दा लागेर जेल परेका बाहेकलाई पनि बाँकी सजाय मिनाहाको प्रचलनानुसार माफी दिन लागिएको उनले बताए ।

ती मन्त्रीका अनुसार करिब ४०० जनाले बाँकी सजाय माफीसहित कैद मुक्ति पाउने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस