काठमाडौँ । वैदेशिक रोजगारीका मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण अब नेपालमै पनि प्रमाणित गर्न सकिने व्यवस्था हुने भएको छ ।
सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने यस्तो प्रमाणीकरण अब देशभित्रै पनि गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।
वैदेशिक रोजगार ऐनलाई संशोधन गर्न मन्त्रालयले तयार गरेको प्रारम्भिक मस्यौदामा माग पत्रको प्रमाणीकरण विदेशस्थित नेपाली नियोगले मात्रै गर्ने प्रावधानलाई संशोधन गर्दै वैदेशिक रोजगार विभागका उच्च अधिकारी सम्मेलित समितिमार्फत पनि गर्न सकिने गरी प्रस्ताव गरिएको छ ।
यसअनुसार मागपत्र प्रमाणीकरणमा अब दुवै विकल्पहरू खुला रहनेछन् ।