२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइवरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस