काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ ।
एयरलाइन्सले आगामी जेठ २९ गतेबाट भैरहवा-क्वालालम्पुर उडान गर्दै छ । नेपाल एयरलाइन्सको उडान नम्बर आरए-४२१ जेठ २९ गते भैरहवाबाट क्वालालम्पुर उडान गर्नेछ । उक्त जहाज जेठ ३० गते क्वालालम्पुर–भैरहवा–काठमाडौंमा उडान भर्नेछ ।
उक्त उडानमा क्वालालम्पुर-भैरहवा ११ हजार ४६१ रुपैयाँ भाडादर रहनेछ । साथै, क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानको भाडा १२ हजार ३४६ रुपैयाँ हुने निगमले जनाएको छ ।
‘प्रमोसनल फियर’को लागि नेपाल एयरलाइन्सले यो अफर ल्याएको हो ।