२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिभिल अस्पताललाई विशिष्टीकृत अस्पताल बनाइने 

अ+ अ-

काठमाडौँ । मीनभवनस्थित निजामती कर्मचारी अस्पताललाई विशिष्टीकृत अस्पताल बनाइने भएको छ। 

निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको विशिष्टीकृत अस्पताल (सुपर स्पेसियालिटी) बनाउन लागिएको हो ।

विशिष्टीकृत सेवा दिनका लागि अस्पतालले र रेडियोथेरापी सेवा सञ्चालनको तयारी रहेको छ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गरिने उल्लेख छ।

उच्च प्रविधिको एमआरआई यसै हप्तादेखि सञ्चालन हुनेछ र रेडियोथेपारी आगामी २ महिनाभित्र सञ्चालनको तयारी गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले अस्पताललाई विशिष्टीकृत सेवा दिएपछि अस्पताल ‘रिफर अस्पताल’ का रूपमा मात्र हुनेसमेत बताए।

निर्देशक डा. पौडेलले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशिष्टीकृत अस्पताल बनाउन थालिएको बताए।

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ। उनका अनुसार प्रदेशमा रहेका सङ्घ र प्रदेशस्तरीय अस्पतालसँग सम्झौता गर्ने र त्यसपछि निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टीकृत सेवा उपलब्ध गराउने छ।

डा. पौडेलका अनुसार भविष्यमा अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताए।

प्रदेश तहकै अस्पतालले निजामती कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौं आउन झन्झट हट्ने उनको भनाइ छ। क्यान्सर, मिर्गौलाजस्ता विशिष्टीकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस