काठमाडौँ । वैदेशिक रोजगार विभागले पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिकलाई विभागले पक्राउ गरेको हो ।
त्यहाँ सहभागीमध्ये एक जनाले उनीहरूबाट दुबईमा ठगी भएको उजुरी पनि दिएका थिए । उनका अनुसार पोल्यान्ड पठाउने भन्दै दुबईमा नै दुई लाख रुपैयाँ लिएका थिए ।
विभागले अभिमुखीकरण गर्न सहयोगी गरेको आशङ्कामा इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिर हुन पत्र थमाएको छ ।