सरकारले ढलेका रुखहरू २ वर्षभित्र बिक्री वितरण गर्ने  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सरकारले ढलेका रुखहरू २ वर्षभित्र बिक्री वितरण गर्ने 


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारको समन्वय र समुदायको सहभागितामा वनको संरक्षण, व्यवस्थापन र संवर्द्धन गरिने बताएका छन् । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताएका हुन् ।

उनले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा दिगो वन व्यवस्थापन मार्फत काष्ठ र गैरकाष्ठ नवपैदावारको उत्पादन विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिने समेत बताएका छन् ।

निजी वनको प्रवर्द्धनका लागि निजी र साझेदारीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वन पैदावरमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र आयातलाई निरुत्साहित गरिने उनले बताए ।

“ढलापडारुखहरु आवश्यक प्रक्रिया पूरा गरी आगामी दुई वर्षभित्र बिक्री वितरण गरिने छ । वन क्षेत्रमा कृषि, पशुपंक्षी तथा फलफूलको उत्पादकत्व अभिवृद्धि गर्न बाह्य जमिन तथा नदी उकास जग्गाको समेत उचित प्रयोग हुने खालका कार्यक्रम सञ्चालन गरिने छ,” नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस