राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । नेपाली काँग्रेसका नेता एवं संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो ।

लामो समयदेखि बिरामी उनको ७८ वर्षको उमेरमा आफ्नै निवासमा सिफलमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस