२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक पठनपाठन गराउन स्वीकृति लिनुपर्ने

अ+ अ-

काठमाडौँ । पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृतिविना पठनपाठन गराउन नपाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो ।

२० वैशाखमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्री सरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय अनुरूप केन्द्रले आगामी शैक्षिक सत्र २०८१ देखि पूर्व प्राथमिकता तहमा प्रयोग हुने पाठ्यसामग्रीहरू यस केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाई तथा विक्री वितरण गर्न भनेको हो ।

यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीहरू समेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ । पाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ ।