शिक्षा क्षेत्रको बजेट घटाउनु दुर्भाग्यपूर्ण : सांसद खनाल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शिक्षा क्षेत्रको बजेट घटाउनु दुर्भाग्यपूर्ण : सांसद खनाल


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षाको बजेट घटाए दुर्भाग्यपूर्ण हुने बताए। सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा  बढी बजेट चाहिने उनको भनाइ छ।

‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेटभन्दा झन्डै हामीलाई यही वर्ष पनि सय अर्बभन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ। तर मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ । त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ,’ खनालको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस