सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुपर्छ : सुरेन्द्र पाण्डे « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुपर्छ : सुरेन्द्र पाण्डे


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुको विकल्प नभएको बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । 

उनले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको बताए । 

उनले अर्थमन्त्रीले सरकारसँग वित्त नीतिमा ठाउँ छैन सबै राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्नुपर्छ भन्नु अनुचित र व्यवहारिक नभएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस