२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न : सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर शरणार्थी बनाउने देश किन बनाउनुभयो ?

अ+ अ-

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् ।

बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो ? भन्दै प्रश्न गरे ।

यस्तो छ सुवास सुवालले सोधेको प्रश्न :
प्रधानमन्त्रीजीले नेपाललाई स्विजरल्यान्ड र सिंगापुर जस्तै बनाउने भन्नुहुन्थ्यो । ती दुवै देश कस्ता थिए ? अहिले नेपाललाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने देश किन बनाउनु भयो ? नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, सङ्गठित अपराध, सरकारी कागजात कीर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करोडौँ रुपैयाँ ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरूलाई के कस्तो कानुनी कारबाही हुने हो ? यहाँले त्यो केही अनुमान गर्नुभएको छ ?

यसमा प्रधानमन्त्री भएकाहरू सबै जिम्मेवार हुनु पर्दैन र ? यति बला तीन दलबीच सहमति पनि भयो समिति भागबण्डा लगायतमा । यो नक्कली भुटानी शरणार्थी काण्डका आरोपीहरूलाई उन्मुक्ति दिने तयारी त होइन ? महान्यायाधिवक्ता कार्यालयले ललितनानिवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मुद्दालाई दर्तै गर्न लगाएन । के यो नक्कली भुटानी शरणार्थीको मुद्दा पनि महान्यायाधिवक्ताको कार्यालयले फलाना फलानालाई छाडिदिनु, फलाना फलानालाई मुद्दा दिनु भनेर आदेश दिने हो कि ? मुद्दै नलाग्ने हो कि ? महान्यायाधिवक्तालाई प्रधानमन्त्रीबाट यस्तो आदेश जाने हो कि ? सँगसँगै ख्वाप विश्वविद्यालय विधेयक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्र कसरी हुन्छ ?