प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस