बजेट पेस गर्नु अघि नै संसदीय समिति सभापतिको निर्वाचन गर्ने तयारी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बजेट पेस गर्नु अघि नै संसदीय समिति सभापतिको निर्वाचन गर्ने तयारी 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । संसदीय समितिका सभापतिको निर्वाचन आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा प्रस्तुत हुनु अगावै गर्ने तयारी भएको छ । 

सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि र जेठ १५ मा बजेट प्रस्तुत हुनु अगावै संसदीय समिति सभापति चयनको प्रक्रिया सम्पन्न हुने बताएका हुन् । 

प्रतिनिधि सभाका १० विषयगत समिति मंगलबारदेखि क्रियाशील भएका छन् । समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा समिति बैठक सुरु भएका हुन् । सभामुख घिमिरेले समिति सभापतिको चयन प्रक्रिया छिट्टै थाल्ने गरी परामर्श भइरहेको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनसँगै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । आगामी आर्थिक वर्षको बजेट भने जेठ १५ गते पेस हुनेछ । संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने हुन्छ ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम र बजेटको बीचको अवधिमा संसदीय समिति सभापति चयनको प्रक्रिया सुरु हुने बताएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस