पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ ।

फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष उनकै घरमा राख्ने र सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाउने गरी सजाय तोकेको एएफपीले जनाएको छ ।

६८ वर्षका सार्कोजी पुनरावेदन अदालतको आदेश सुनेर विना कुनै टिप्पणी न्यायालयबाट बाहिरिएका थिए । उनले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस