जापानमा पढ्न गएका २ जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

जापानमा पढ्न गएका २ जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मङ्गलवार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जापान टाइम्सले जनाएको छ । दुर्घटनामा बसकी चालकसमेत मृत्यु भएको छ। तर मृत्यु हुने नेपाली विद्यार्थीको परिचय भने खुलिसकेको छैन।

स्थानीय समयअनुसार दुर्घटना गए राति ८ः३० बजे भएको हो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बङ्गलादेशी विद्यार्थी सवार थिए।

उनीहरू पार्ट टाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै गर्दा बसको इन्जिन बिग्रेपछि ड्राइभरले सडकमै रोकेर राखेको गाडिलाई ट्रकले पछाडिबाट ठक्कर दिएको जापान टाइम्सले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस