२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उक्त मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ । अख्तियारले उनीहरूसँग १० लाख ८ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ ।

त्यस्तै अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।