सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँ कायम छ।

त्यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस