काठमाडौँ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्यमा डा. सन्दुक रुइतसहित १२ जनालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले संरक्षक समितिको सदस्यमा नियुक्त गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा. श्रीराम रामकृष्ण सिंगापुर, प्रा. संगीता सिंह काठमाडौँ, प्रा. पुष्करमान बज्राचार्य काठमाडौँ, प्रा. सुजान कौटियर क्यानडा, प्रा. नाम त्योस्यो, अमेरिका, प्रा. सुर्दशनराज तिवारी काठमाडौँ, पदम ज्योति काठमाडौँ, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुइत, काठमाडौँ र भानुप्रसाद आचार्य भक्तपुरलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।