कर्मचारीले बिना कमिसन काम गर्दैनन् : सांसद कर्ण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीले बिना कमिसन काम गर्दैनन् : सांसद कर्ण


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । मधेस प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बीना काम नगर्ने गुनासो गरेकी छन् ।

मङ्गलवार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले यस्तो गुनासो गरेकी हुन् । कमिसनका कारण धेरै बजेटहरू कार्यान्वयन नभएको गुनासोसमेत उनले गरिन् ।

‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । सरुवा बढुवा जे पनि कमिसन, भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरू रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’ उनले थपिन् ‘‘मन्त्रीलाई फोन गर्दा उठ्दैन । हामीलाई अनुभूति हुने गरी काम होस्, व्यवस्था होस् । हामीलाई काम दिइयोस् । हामी बेकामका छौँ’, उनले भनिन्

संसदीय विकास कोषमा कर्मचारीको मनोमानी रहेको आरोप लगाउँदै उनले कर्मचारीले आफू अनुकूल नहुँदा भुक्तानी पनि नदिने गरेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस