टोपबहादुरलाई पक्राउ गरिएको पत्र पुग्यो सभामुखसमक्ष « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टोपबहादुरलाई पक्राउ गरिएको पत्र पुग्यो सभामुखसमक्ष


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरिएको पत्र संघीय संसद सचिवालयमा पुगेको छ।

रायमाझीलाई पक्राउ गरिएको पत्र नेपाल प्रहरीले संसद सचिवालयलाई पठाएको हो।

रायमाझी पक्राउको जानकारी सभामुख देवराज घिमिरेलाई प्राप्त भएको उनको सचिवालयले जनाएको छ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै सदनलाई पक्राउको जानकारी गराउने कार्यक्रम छ ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रहरी प्रधान कार्यालयले रायमाझी पक्राउ परेको सूचना संसद सचिवालयमा पठाउनु पर्नेछ। त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठकमा जानकारी गराउने छन्।
प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस