युवालाई पार्टीमा जोड्न ‘छोराछोरी अभियान’ चलाउँदै एमाले  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युवालाई पार्टीमा जोड्न ‘छोराछोरी अभियान’ चलाउँदै एमाले 


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेले नयाँ पार्टीप्रति युवा आकर्षित भएको निष्कर्ष निकालेको छ । नेता/कार्यकताका छोराछोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलप्रति आकर्षित भएको भन्दै उनीहरूलाई जोड्न छोराछोरी अभियान चलाउने निर्णय गरिएको एक नेताले जानकारी दिए ।

“मिसन ग्रासरुटको दुईमहिने अभियानले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गरिनेछ,” केन्द्रीय कमिटीको पाँचौँ बैठकको निर्णयमा उल्लेख छ, “‘देशभरि छोराछोरी’को नारामा पार्टीका नेता/कार्यकर्ताको घरबाटै युवा कार्यक्रम सञ्चालन गरिनेछ ।”

‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्न तीन दिनसम्म चलेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकबाट सोही प्रकृतिको कार्यक्रम चलाउने निर्णय गरिएको हो ।

गएको फागुनदेखि वैशाखसम्म केन्द्रीय सदस्यलाई गाउँगाउँ खटाएर सङ्गठन सुदृढीकरण र समस्या पहिचान गरेको एमालेले फेरि सोही प्रकृतिको अभियान चलाउने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यलाई गृह जिल्लामा नभई पृथक् भूगोलमा वर्षभर खटाउने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस