काठमाडौँ । नेपालगन्ज मेडिकल कलेजकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कमर जहा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी छन् ।
नेपालगन्जमा शनिबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेकी हुन्।
उनीसँगै नेपालगन्जका सिए बालकृष्ण लामिछाने, व्यवसायी ऋषि कँडेल, प्रकाश कँडेल लगायतलाई प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीले सदस्यता प्रदान गरेकी थिइन्।
डा. कमरले अब चिकित्सा पेसासङै राजनीतिमा समेत सक्रिय हुने योजना अनुसार रास्वपा रोजेको बताइन्।







