सङ्घीयताबारे पुनर्विचार हुँदैन : एमाले « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सङ्घीयताबारे पुनर्विचार हुँदैन : एमाले


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताबारे पुनर्विचार नगर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले राखेका धारणा उधृत गर्दै पार्टीका एक नेताले जानकारी दिए । 

बैठकमा सङ्घीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताए । बैठकमा ओलीले पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस