यही वर्षभित्र सबै कमिटीको अधिवेशन सकाउने एमालेको निर्णय « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

यही वर्षभित्र सबै कमिटीको अधिवेशन सकाउने एमालेको निर्णय


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का सबै कमिटीको अधिवेशन यही वर्ष (२०८०)भित्र सकाउने निर्णय गरिएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

आउँदो भदौमा प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । त्यसपछि जिल्ला, पालिका र वडा तहको अधिवेशन चैतसम्ममा सकाउने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस