मन्त्री रिजालले गरे उदयपुर सिमेन्ट उद्योगको अनुगमन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री रिजालले गरे उदयपुर सिमेन्ट उद्योगको अनुगमन


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन्।

मन्त्री रिजालले शनिबार उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराएका थिए।

अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरूलाई भेटेका थिए । कर्मचारीहरूले मन्त्रीसमक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने रहेको बताउँदै रिजालले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस