इण्डियन प्रिमियर लिग : मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले हरायो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इण्डियन प्रिमियर लिग : मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले हरायो


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले हराएको छ।

शुक्रबार राति वाान्खडे क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रन मात्र बनाउन सफल भएको थियो ।

राशिद खानले ३२ बलमा तीन चौका र १० छक्कासहित अविजित ७९ रन बनाए पनि गुजरातको हार टर्न सकेन। डेबिड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्य खेलाडीले दोहोरो अङ्कमा रन थप्न सकेनन्।

मुम्बईका आकाश मधवलले तीन विकेट लिए। पीयूष चावला र कुमार कार्तिक्यले समान दुई विकेट लिँदा जासन बेरेन्डोर्फले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेपछि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गर्‍यो। ​सूर्यकुमार यादवले शतक प्रहार गरेपछि मुम्बई विशाल योगफलसम्म पुगेको थियो।

जितसँगै १२ १४ अङ्क जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शुक्रबार हार व्यहोरे पनि १२ खेलमा ८ जित र ४ हार सहित १६ अङ्कका साथ गुजरात तालिकाको शीर्ष स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस