पाँच प्रदेशको पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँच प्रदेशको पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशभर मौसम सामान्यतया सफा रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस