मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने तयारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने तयारी 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औँ बैठकले यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी कार्ययोजना तयार गर्ने निर्णय गरेका हो ।

बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ । 

बैठकले देशका विभिन्न स्थानमा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय सरकारहरूले गर्नुपर्ने पूर्वतयारी, उद्धार लगायतका कार्यका लागि उपलब्ध एवम् आवश्यक साधन स्रोतको विवरण सहितको कार्ययोजना तयार गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस