विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उनको धारणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस