राष्ट्रिय क्रिकेट टिमलाई कोशी प्रदेश सरकारको सम्मान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय क्रिकेट टिमलाई कोशी प्रदेश सरकारको सम्मान


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कप क्रिकेटमा छनोट भएको राष्ट्रिय क्रिकेट टिमलाई कोशी प्रदेश सरकारले सम्मान गरेको छ ।

विराटनगरमा भएको कार्यक्रममा क्रिकेटरलाई सम्मान गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलपत्र अवस्थामा रहेको विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालाको काम आगामी आर्थिक वर्षमा सुरु गरेर ३ वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाए ।

डेढ दशक अगाडिबाट निर्माण सुरु भएको रङ्गशाला संरक्षण अभावमा अलपत्र जस्तै छ ।

क्रिकेटका लागि विराटनगर उर्वरभूमि रहेको बताउँदै उनले तीन तहको सरकार र निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको काम पूरा गर्ने बताए ।

खेलाडी सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि सरकार तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय टोलीका म्यानेजर विनोद दासले खेलाडी भएर जीविकापोर्जन गर्न समस्या हुने गरेको बताए । उनले खेलाडीको पीडा सरकारले बुझ्नु पर्ने बताए ।

एसीसी प्रिमियर कपको विजेता भएपछि क्रिकेट खेलाडीलाई पहिलो पटक विराटनगरको नगरपरिक्रमा र सम्मान कार्यक्रम आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले कार्यक्रमको आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस