गृहमन्त्रीले भने : दोषीलाई छोड्दैनौँ, निर्दोष डराउनुपर्दैन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्रीले भने : दोषीलाई छोड्दैनौँ, निर्दोष डराउनुपर्दैन


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई कमिसन र भ्रष्टाचारले जर्जर बनाएको बताए ।

श्रेष्ठले भने, ‘भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो ।’

उनले कमिसन खोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने र खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । उनले निर्दोष डराउनुपर्ने आवश्यकता नरहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस