सिँचाइ विकास डिभिजन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिँचाइ विकास डिभिजन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठसहित ५ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँ मुद्दा दायर गरिएको हो । 

काम नै नभए /नगरेको अवस्थामा झुट्टा विल भरपाई बनाएर योजनाको भुक्तानी दिएको अख्तियारको ठहर छ । 

सोही योजनामा संलग्न इन्जिनियर सन्तोष कुमार दास, लेखापाल नेत्र प्रसाद मरासिनी, भोलेबाबा कन्स्ट्रक्सन तथा सो का प्रोप्राइटर (ठेकेदार) सुक बहादुर गुरुङ र भोलेबाबा कन्स्ट्रक्सनको तर्फबाट अख्तियारी प्राप्त प्रकाश भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस