मधेस प्रदेश सभा बैठक आह्वान  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेश सभा बैठक आह्वान 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । मधेसको प्रदेशसभा बैठक आउँदो जेठ २ गतेलाई आह्वान गरिएको छ ।

प्रदेशसभाका सचिव रञ्जित यादवका अनुसार सो बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी छ ।

भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछन् । यो विधेयक अघिल्लो सरकारमा रामसरोज यादव मन्त्री हुँदा नै तयार पारिएको थियो ।

बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए । यस बाहेक बैठक बस्ने समयको समसामयिक विषय पनि समावेश गर्न सक्ने उनको कथन छ ।

जेठ मसान्तमै प्रदेशसभाले बजेट अधिवेशन पनि सुरु गर्नेछ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस