सचिव पोखरेलले लिए शपथ « प्रशासन
Logo १२ जेष्ठ २०८१, शनिबार
   

सचिव पोखरेलले लिए शपथ


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

पोखरेल केही दिनअघि मात्र अर्थ सचिवमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार : आधा दर्जन बढी सचिवको सरुवा, अर्थमा अर्जुन पोखरेल 

Tags :
प्रतिक्रिया दिनुहोस