आधा दर्जन बढी सचिवको सरुवा, अर्थमा अर्जुन पोखरेल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आधा दर्जन बढी सचिवको सरुवा, अर्थमा अर्जुन पोखरेल 


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । सरकारले आधा दर्जन बढी सचिवहरूको सरुवा गरेको छ । बुधबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, अर्थ, प्रधानमन्त्री कार्यालयलगायतका सचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेललाई अर्थ मन्त्रालयमा पठाएर सो मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । 

यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्तमा तानिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा मा सरुवा गर्दै महिलाका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतीको कार्यालयमा पठाइएको छ ।

पछिल्ला केही महिनायता बेला बेलामा सचिव सरुवाको चर्चा हुने गरेको भए पनि शक्ति सङ्घर्षका कारण निर्णय हुन सकिरहेको थिएन । निश्चित मन्त्रालयमा सचिवहरूको अतिआकांक्षाले कैयन् पटक औपचारिक तथा अनौपचारिक छलफल तथा सूची बनेपछि निर्णयमा पुग्न सकिएको थिएन । 

Tags :
प्रतिक्रिया दिनुहोस