जनशक्ति व्यवस्थापन तथा सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनशक्ति व्यवस्थापन तथा सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउन माग


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छन्।

सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमबार उनले यस्तो माग गरेकी हुन्।

उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताइन्।

तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रूपमा भने पनि स्थान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

सांसद पौड्यालले भनिन्, ‘हामीले बारम्बार भनिरहेका छौँ- हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ। जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर स्थान दिन सकिन्छ। जनशक्तिको भरणपोषण गर्ने मन्त्रालयको जरुरी छ।’

Tags :
प्रतिक्रिया दिनुहोस