काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान फर्कियो भैरहवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान फर्कियो भैरहवा


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान फेरि भैरहवा नै फर्किएको छ ।

सोमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौँ आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो ।

इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको चालक दलका सदस्यले बताए ।

भैरहवाबाट सोमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौँतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि विमान भैरहवा नै फर्किएर ल्याण्ड गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस