मुगु हिउँ पहिरो : बेपत्ताहरूको खोजीका लागि सेनाको हेलिकप्टर घटनास्थलतर्फ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुगु हिउँ पहिरो : बेपत्ताहरूको खोजीका लागि सेनाको हेलिकप्टर घटनास्थलतर्फ


२५ बैशाख २०८०, सोमबार


मुगु । च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।

हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।

हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताए ।

स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृह मन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की ९४००, पुन्न सार्की ९३५० र वीर बोहरा ९३५० बेपत्ता भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस