ढाकाकुमारले दिए सांसद पदमा बहालीको माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ढाकाकुमारले दिए सांसद पदमा बहालीको माग गर्दै सर्वोच्चमा रिट


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आइतबार रिट दायर गरेका हुन् ।

उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार (भोलि)लाई पेसी तोकिएको छ ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस