जग्गा कीर्ते गरेको आरोपमा दुई जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जग्गा कीर्ते गरेको आरोपमा दुई जना पक्राउ


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ। जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका-११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ रहेका छन् ।

अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस-९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।

जिल्लाको कृष्णनगर नगरपालिका-११ बस्ने रेखा लोहारलाई जग्गाधनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजीनामा तयार गरेर रकम असुल गरेका थिए ।

आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस