नेपाली नागरिकता लिएका १० भारतीय पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली नागरिकता लिएका १० भारतीय पक्राउ


२४ बैशाख २०८०, आइतबार


पक्राउ

काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

उनीहरूले ६२-६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एक प्रहरी अधिकारीले बताए । पक्राउ परेका र घटनाको विस्तृत विवरण प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस