२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा

अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ । बीमा प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ ।

गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बीमाको दायरामा रहेकोमा एक वर्षमा ७ प्रतिशत विन्दु भन्दा बढीले वृद्धि भएको छ । उक्त तथ्याङ्कमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेत समावेश रहेको प्राधिकरणले जनाएको छ ।

चैत मसान्तसम्म १ करोड ४१ लाख ६५ हजार ९९८ बीमलेख जारी भएको छ । जसमध्ये जीवन बीमालेख संख्या ५५ लाख ७२ हजार ५२ वाट पुग्दा म्यादी तथा लघु म्यादी जीवन बीमालेख संख्या ७१ लाख ३४ हजार ६३१ र वैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ५२ हजार ८२७ पुगेको बीमा प्राधिकरणले जनाएको छ ।

२०७८ चैत मसान्तमा १ करोड १७ लाख ९१ हजार ६९८ रहेको बीमालेख संख्या एक वर्षमा २०।१४ प्रतिशतले वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । वैदेशिक रोजगार जीवन बीमालाई हटाउँदा भने बीमाको दायरामा आएको नागरिकको ३९.७४ प्रतिशत पुगेको बीमा प्राधिकरणको तथ्याङ्क छ । गत आवको तेस्रो त्रैमासमा ३४.५२ प्रतिशत रहेको थियो । यस्तै म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार जीवन बीमालाई हटाउँदा भने जीवन बीमा गर्ने नेपाली १७.४३ प्रतिशत पुगेको छ । एक जनाले एक भन्दा बढी बीमालेख खरिद गरेको हुनसक्ने भएकोले कुल जारी भएको बीमालेखामा ५ प्रतिशत घटाएर बीमाको दायरामा रहेको नागरिकको प्रतिशत निकालिएको बीमा प्राधिकरणले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीले कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढी हो । बीमालेख संख्या २० प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि जीवन बीमा कम्पनीको कुल बीमाशुल्क भने २.१४ प्रतिशतले मात्रै वृद्धि भएको बीमा प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

यस्तै जीवन बीमामा बीमालेख सङ्ख्याअनुसार बीमाशुल्क नबढ्दा निर्जीवन बीमामा भने बीमालेख घट्दा पनि बीमाशुल्क भने बढेको छ । चालु आवको तेस्रो त्रैमासम्म निर्जीवन बीमा कम्पनीले २१ लाख ६६ हजार ३२१ बीमालेख जारी गर्दा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको प्राधिकरणले जनाएको छ ।