घुससहित नेपाल प्रहरीका लेखापाल अख्तियारको नियन्त्रणमा   « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुससहित नेपाल प्रहरीका लेखापाल अख्तियारको नियन्त्रणमा  


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक बिस्टलाई एक लाख ५० हजारको चेक र ५० हजार नगदसहित नयाँ बानेश्वरको एक होटेलबाट नियन्त्रणमा लिएको हो । 

प्रहरी स्रोतका अनुसार विष्टले घरायसी काम परेको भन्दै बुधबारबाट आइतबारसम्मको लागी बिदा लिएका छन् । 

विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौँ आएका विष्टलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।

प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका प्रहरी स्रोतको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस