२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व शान्तिका अग्रदूत गौतमबुद्ध : मुख्यमन्त्री कार्की

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको वैशाख शुक्ल पक्षको पूर्णिमाको दिन त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति भक्ति भाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने उल्लेख गरेका छन् ।

लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँच जना भिक्षुलाई उपदेश दिएर सुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरू मध्ये एक भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘शान्ति, सत्य, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान् गुरु हुन् । आज विश्व जगत् बुद्धको यिनै आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । पच्चीस सय वर्ष भन्दाअघि बुद्धले प्राप्त गरेको ज्ञानको अविरल ज्योतिले विश्व मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ’, मुख्यमन्त्री कार्कीले भनेका छन् ।

उनले बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै राष्ट्रियता तथा पारस्परिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भनेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा जुनसुकै पर्वहरू सबै नेपाली मनलाई राष्ट्रिय एकताको एउटै सूत्रमा बाँध्ने माध्यम हुन् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित पुनः बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दछु ।’