भीमेश्वरमा नियमविपरित ८० जना करारका कर्मचारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भीमेश्वरमा नियमविपरित ८० जना करारका कर्मचारी


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । दोलखको भीमेश्वर नगरपालिकामा नियमविपरित ८० जना करारका कर्मचारी भर्ना गरेको पाइएको छ।

नगरपालीकाले प्रक्रिया नपुर्‍याई ८० जना कर्मचारी करारमा भर्ना गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलका अनुसार २०७४ साल यता उनीहरूलाई भर्ना गरिएको हो । 

उनले प्रशासनसँग भने, ‘उनीहरू तत्काल भर्ना गरिएको हैन, अघिल्लो स्थानीय सरकारकै पालमा भर्ना गरिएका कर्मचारी हुन्, प्रावधीक तर्फका कर्मचारी बढी नै छन् ।’

यो नगरका कुल कर्मचारी मध्येको आधा भन्दा बढी कर्मचारी करारका छन् । 

भर्ना गरिएका करारका कर्मचारीमा प्राविधिक, चालक, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, नगर प्रहरी लगायत छन्। करार मध्ये अधिकांश राजनीतिक आडमा एकपक्षीय ढङ्गले नियुक्ति गरिएकाहरू छन् । ती मध्ये केही ठाडो नियुक्तिमा जोडिएकाहरू समेत छन् । करार कर्मचारी मध्ये सबैभन्दा धेरै प्राविधिक छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस