प्रधानमन्त्रीद्वारा रोजगार कार्यक्रम बदल्ने घोषणा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीद्वारा रोजगार कार्यक्रम बदल्ने घोषणा


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने घोषणा गरेका छन् ।

चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् ।

उनले भने, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादि जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’

अनुदानका कार्यक्रमहरूमा समेत फेरबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो । वास्तविक किसान जल्ले काम गर्छ उनीहरूकहाँ त्यो अनुदान पुगेको छैन । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने व्यापक रूपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दै छु,’ प्रचण्डले भने ।

आगामी आर्थिक वर्षको बजेट युवाहरूलाई फोकस गरेर आउने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस